कारोबार


काठमाडौंमा नक्कली महानगर यातायातको हैरानी, सक्कली महानगरले दियो कानुनी कारबाहीको चेतावनी

काठमाडौंमा नक्कली महानगर यातायातको हैरानी, सक्कली महानगरले दियो कानुनी कारबाहीको चेतावनी

नेपालखबर
असार ४, २०८२ बुधबार १८:४५, काठमाडौँ

महानगर यातायात प्रालिले आफ्नो नाममा नक्कली बसहरुले हैरानी दिएको र त्यसलाई रोक्न सम्बन्धित निकायहरुले बेवास्ता गरेको भन्दै क्षतिपूर्तिसहित कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ। 

अध्यक्ष सन्तोष खतिवडाले विज्ञप्ति जारी गर्दै आफ्नो नाम दुरुपयोग गरेर व्यवसायीहरुले चलाइरहेका नक्कली महानगर यातायात बसहरु तत्काल रोक्न अन्यथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएका हुन्। 

उनका अनुसार उपत्यकाका विभिन्न रुटहरुमा महानगर यातायातका ८९ बसहरुले यात्रुसेवा उपलब्ध गराइरहेका छन्। यसको संख्या बढाउँदै लैजाने तयारी समेत भइरहेको छ। 

‘तर विडम्बना, महानगर यातायात प्रालिकै नाम, रंग र डिजाइन समेत नक्कल गरी सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरी सोही रुटमा चलिरहँदा हामी सञ्चालक मात्रै होइन, यात्रुहरुले समेत विविध समस्या झेलिरहेका छन्’, विज्ञप्तिमा उल्लेख छ, ‘यसबारे पटक पटक सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै कारबाही भएको छैन।’ 

नक्कली बसहरुका कारण यात्रुले समस्या झेल्ने गरेका मात्र नभई पैदल यात्रीलाई ठक्कर दिने र झमेलाचाहिँ आफूले व्यहोर्नुपरेको गुनासो महानगर यातायातको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad