खेल


लाओससँग नेपालको पहिलो हार

लाओससँग नेपालको पहिलो हार

फाइल तस्बिर


नेपालखबर
जेठ २७, २०८२ मंगलबार १९:४४, काठमाडौँ

एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय फुटबल टोली लाओससँग पराजित भएको छ। लाओसको न्यु लाओस नेशनल स्टेडियममा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो। 

खेलको पहिलो हाफमा नै १–० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा १ गोल खाँदा १ गोल गर्यो।  पहिलो हाफको १३ औँ मिनेटमा दामोथ थोङखामसावथको गोलमा लाओसले सुरुवाती बनाएको थियो। खेलको ४९ औँ मिनेटमा पिटर फान्थाभोङको गोलमा घरेलु टोलीले अग्रता दोब्बर पारेको थियो। 

खेलको ७३ औँ मिनेटमा मनीष डाँगीले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याएका थिए। लाओससँगको सातौँ भेटमा नेपालले पहिलो हार व्यहोरेको हो। यसअघिका ६ भेटमा नेपालले तीन खेलमा जित निकालेको छ। तीन खेल भने बराबरीमा सकिएको थियो। 
छनोटको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो। लाओस पहिलो खेलमा भियतनामसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो। 

होम एण्ड अवेको आधारमा हुने छनोटको तेस्रो खेलमा नेपालले आगामी अक्टोबर ९ मा भियतनामसँग खेल्नेछ। भियतनामसँग नै नेपालले अक्टोबर १४ मा खेल्ने तालिका छ। 

मलेसियासँग नोभेम्बर १८ मा तथा आगामी मार्च ३१ मा लाओसविरुद्ध खेल्नेछ। अंक तालिका एसियन कप छनोटमा लगातार दोस्रो हारसँगै नेपाल अंकविहिन रुपमा तालिकाको पुछारमा छ। पहिलो जित निकालेको लाओस ३ अंकमा तेस्रो स्थानमा उक्लेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad