विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएका ५१ कम्पनीसँग ४ दिनभित्र विवरण माग गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको ९९४औँ बैठकको निर्णयअनुसार ५१ कम्पनीसँग प्राधिकरणले विवरण मागेको हो।
विद्युत् प्राधिकरणले कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत आयोजनाहरुको विद्युत खरिदबिक्री सम्झौता गर्न विभिन्न विषयहरुमा अध्ययन गरी प्राथमिकताअनुसार सूची तयार गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निर्देशन दिएका छन्।
योसँगै व्यवसाय विकास निर्देशनालयका उपकार्यकारी निर्देशकको संयोजकमा कमिटी गठन भएको छ।
उक्त कमिटीले कार्यकारी निर्देशकलाई प्रतिवेदन बुझाउनुपर्ने भएकाले ४ दिनभित्र आयोजना राष्ट्रिय निकुञ्ज, आरक्षणभित्र परे नपरेको र संक्षिप्त प्रगति विवरणसहित आयोजना तयारीको अवस्था बुझाउन पत्र पठाएको एक प्रवर्द्धकले जानकारी दिए।
जेनेरेसन लाइसेन्स, वित्तीय व्यवस्थापन समापनको अवस्था, निर्माणस्थलको अवस्था, वातावरणीय अध्ययनको अवस्थाबारे जानकारी दिन पत्र काटेको छ।
सरकारले बजेटमा टेक एन्ड पेको व्यवस्था गरेको भन्दै ऊर्जा प्रवर्द्धक भने विरोध गरिरहेका छन्। विद्युत् प्राधिकरणले भने व्यवसायीलाई विद्युत् खरिद सम्झौताको लागि प्रक्रिया अघि बढाएको छ।
Shares

प्रतिक्रिया