कारोबार


गभर्नर अधिकारीले लिए शपथ, १ महिनाभित्र कोरोना प्रभावबारे प्रतिवेदन तयार पारिने

गभर्नर अधिकारीले लिए शपथ, १ महिनाभित्र कोरोना प्रभावबारे प्रतिवेदन तयार पारिने

नेपालखबर
चैत २५, २०७६ मंगलबार ७:५७,

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले सर्वोच अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट शपथग्रहण गरेका छन्।

सोमबार सरकारले राष्ट्र बैंकको १७औँ गभर्नरमा नियुक्त गरेपछि मंगलबार उनले शपथ लिएका हुन्।

शपथसँगै अधिकारीले पदभार समेत सम्हालेको नेपाल राष्ट्र बैंकका गुणाकार भट्टले जानकारी दिए।

उनका अनुसार डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठले उनलाई स्वागत गरेका थिए।

पदभार ग्रहण गर्दै उनले विश्व महामारी कोरोनाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावबारे एक महिनाभित्र प्रतिवेदन तयार गर्ने समेत बताएका छन्।

सो अध्ययनको आधारमा मात्रै नीतिगत कदमहरु चाल्ने अधिकारीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad