समाज


रुपन्देहीकी महिलाको कोरोनाबाट दुबईमा मृत्यु

रुपन्देहीकी महिलाको कोरोनाबाट दुबईमा मृत्यु

नेपालखबर
चैत २५, २०७६ मंगलबार ७:५६,

कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट संयुक्त अरब एमिरेट्स (युएई) को दुबई सहरमा एक नेपाली महिलाको मृत्यु भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार ४० वर्षीय नेपाली महिलाको बर दुबईमा मृत्यु भएको हो।

मृतक महिलाको नेपाल ठेगाना रुपन्देहीको देवदह नगरपालिका वडा नं.५ प्रगतिबजार हो।

‘नेपाली महिला निधन भएको दुःखद सूचना दूतावासले केही दिन अगाडि पाएको हो। सुरुमा नर्मल डेथ भनिएको थियो’, दूतावासकी नियोग उपप्रमुख रिता धितालले टेलिफोनमा नेपालखबरसँग भनिन्, ‘पछि शवको मेडिकल जाँच गर्दा कोरोना पोजेटिभ देखिएछ। हस्पिटलले त्यो सर्टिफिकेट परिवार सदस्यलाई दिएको छ।’

भारतीयको घरमा घरेलु कामदारको रुपमा रहेकी उनी केही दिनदेखि अस्वस्थ थिइन्। एक दशकदेखि दुबई बस्दै आएकी उनको मृत्यु अगाडि कोरोना परीक्षण तथा उपचार भए—नभएको खुलेको छैन। देवदहस्थित परिवार स्रोतका अनुसार उनी मुटुको रोगबाट समेत पीडित थिइन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार युएइमा मंगलबारसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। २ हजार ७६ जना संक्रमित छन्।

नेपालीको रोजगार गन्तव्य युएईमा २ लाख ७५ हजार नेपाली छन्। अहिलेसम्म त्यहाँ ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ‘जम्मा ११ जना भनिए पनि २ जना निको भइसक्नु भएको छ। ९ जनाले उपचारपछि स्वास्थ्य लाभ गरिरहनु भएको छ। उहाँहरुको अवस्था सामान्य छ’, नेपाली दूतावासकी नियोग उपप्रमुख धितालले भनिन्।

युएईमा सोमबार ३ नेपालीलाई कोरोना देखिएको थियो। व्यापक टेस्टका कारण एकै दिन धेरै संक्रमित संख्या देखिएको गल्फन्युजले उल्लेख गरेको छ। कोरोनाले महामारीको रुप लिँदै गएपछि युएईले तालिकै बनाएर सहर—सहरमा कोरोना परीक्षण गरिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad