कारोबार


कालीमाटीको पुल सञ्चालनका लागि ‘लोड टेस्ट’ गर्दैछौँ, अदालती समस्या नभए सञ्चालन हुन्छः मन्त्री दाहाल

कालीमाटीको पुल सञ्चालनका लागि ‘लोड टेस्ट’ गर्दैछौँ, अदालती समस्या नभए सञ्चालन हुन्छः मन्त्री दाहाल

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १५:५२, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कालीमाटी—टेकु जोड्ने पक्की पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सञ्चालन गर्न योग्य भएको खण्डमा लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारीमा आफूहरु लागिपरेको बताएका हुन्।

दशकदेखि अलपत्र कालीमाटी–टेकु पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योल छ। निर्माण सम्पन्न भई केही समय सञ्चालनमा आइसकेको उक्त पुलमा प्राविधिक समस्या देखिएको भन्दै बन्द गरिएको थियो।

त्यसयता उक्त पुल अलपत्र छ। २०७१ सालमा निर्माण थालिएको पाँच वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो। ठेकेदार कम्पनीले उक्त पुलमा कुनै पनि त्रुटि नभएको दाबी गर्दै आएको छ।

मन्त्री दाहालले अदालतले गरेको स्टे अर्डर वा अदालतमा भएको कुराहरू नरोकेको खण्डमा पुलको लोड टेस्ट गरेर गरेर सञ्चालनमा ल्याइने दिशामा काम भइरहेको उल्लेख गरे। 

मन्त्री दाहालले भने, ‘उहाँहरुको अदालतको मुद्दा चलिरहन्छ। त्यो कसले जित्ने, हार्ने भन्ने हुने भयो। त्यसले रोक्दैन भने त्यो पुलको लोड टेस्ट गरेर त्यो सञ्चालनमा ल्याउनुपर्छ। त्यो कुरामा हामी अघि बढिरहेको छौँ।’

मन्त्री दाहालले सरकारले नेपालमा मनसुन भित्रिसकेको भन्दै त्यसबाट हुनसक्ने बाढी, पहिरोको समस्या हुने ठाउँहरुको पूर्वअध्ययनको कामहरु गर्न सकारात्मक रहेको बताए। विपद्पछिको पुनःनिर्माणको सन्दर्भमा तुलनात्मक रुपले नेपालका मन्त्रालयहरुमध्ये भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहेको बताए। 

सामग्रीहरुसहित मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी गराए। नेपाल निर्माणको चरणमा रहेकाले पनि केही समस्याहरु आइरहेको बताए।

मन्त्री दाहालले स्थानीय सरकारसँगको समन्वयनमा विकास निर्माणका कामहरु पनि गरिरहेको र विपद्को बेलामा संयन्त्र बनाएर काम गर्नेगरी पनि अघि बढ्ने प्रतिवद्धता जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad