कारोबार


अर्थमन्त्री पौडेल र आईएमएफ मिसन प्रमुखबीच विस्तारित कर्जा सुविधाको समीक्षाबारे छलफल

अर्थमन्त्री पौडेल र आईएमएफ मिसन प्रमुखबीच विस्तारित कर्जा सुविधाको समीक्षाबारे छलफल

नेपालखबर
जेठ १९, २०८२ सोमबार ११:३२, काठमाडौँ

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ।

सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौँ समीक्षा, संरचनागत सुधारलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

अर्थ मन्त्रालयमा उक्त भेटवार्ता भएको हो। 

मिसन प्रमुख डा सरवत जहानको नेतृत्वमा रहेको उक्त बैठकमा नेपालका लागि आईएमएफका आवासीय प्रतिनिधि प्रणव गुप्तासहित अन्य आईएमएफ अधिकारीहरूले नेपालमा भेटघाटलाई तीव्रता दिइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad