कारोबार


नागढुंगा र सिद्धबाबा सुरुङ सम्पन्न गर्न २ अर्ब ६० करोड विनियोजन

नागढुंगा र सिद्धबाबा सुरुङ सम्पन्न गर्न २ अर्ब ६० करोड विनियोजन

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:४१, काठमाडौँ

सरकारले काठमाडौँको नागढुंगा र पाल्पाको सिद्धबाबामा निर्माणाधीन रहेका दुई सुरुङ मार्ग निर्माणका लागि २ अर्ब ६० करोड विनियोजन गरेको छ। 

बिहीबार संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने, ‘आगामी वर्षमा नागढुंगा र सिद्धबाबा सुरुङ सम्पन्न गर्न २ अर्ब ६० करोड विनियोजन गरेको छु।’


त्यस्तै सुरक्षित र भरपर्दो आवागमनका लागि द्रुतमार्ग सुरुङलाई सडक निर्माणलाई प्राथमिकता घोषणा गरेको सरकारले आर्थिक र प्राविधिकरुपमा ठिक भएका ठाउँमा मात्रै नयाँ सडक निर्माण गर्न अनुमति दिने भएको छ। 

सहरी क्षेत्रमा दीगो विकासका लागि आरसीस‍ी ढलानसहितका कालोपत्र गरिने छ भने पहाडी र हिमाली क्षेत्रमा केबलकार निर्माणलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad