कारोबार


ग्रिन हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशीलाई आकर्षित गरिने

ग्रिन हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशीलाई आकर्षित गरिने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:३२, काठमाडौँ

सरकारले ग्रिन हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशीलाई आकर्षित गर्ने भएको छ। 

बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे नेपालका विश्वविद्यालयसंग समन्वयगरी अध्ययन कार्य अघि बढाउने समेत घोषणा गरे।

त्यस्तै सरकारले जलसाययुक्त आयोजनालाई प्रोत्साहन गर्ने भएको छ। ऊर्जा मिश्रणका लागि सौर्य, साना आयोजनालाई प्राथमिकता दिइने भएको हो।

२ वर्ष भित्र ग्रामिण विद्युत वितरण बढाउने उल्लेख गरिएको बजेटमा छिमेकी मुलुकमा विद्युत निर्यात बढाउने समेत बताइएको छ। 

उद्योगीले सबस्टेशन लाइनदेखी आफ्नो उद्योगसम्म प्रशारण लाइन निर्माण गरेमा ह्वीलिङ चार्ज लिन सक्ने व्यवस्था समेत बजेटमा गरिएको छ। यसको अर्थ प्रसारण लाइन निर्माण गर्नेले विद्युत प्रवाह भएको आधारमा शुल्क लिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad