विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनाका लागि उद्योगीलाई विशेष छुटको योजना ल्याएको छ।
सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत सेजमा नयाँ उद्योग स्थापना गर्ने उद्योगीले ३ बर्षसम्म भाडा तिर्नु नपर्ने सुविधा उपलब्ध गराउने भएको हो ।
‘विशेष आर्थिक क्षेत्रमा नयाँ आर्थिक बर्षदेखी लागुुहुने गरी नयाँ उद्योग स्थापना गर्ने उद्योगहरुलाई शुरुको ३ बर्षको भाडा छुट गरिनेछ’, बजेटमा भनिएको छ।
यस्तै बजेटले त्यसपछिको बर्षहरुमा पनि मासिक भाडा उद्योगीहरुलाई प्रतिबर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरेको छ।
उद्योगीहरुलाई सेजमा आर्कषण बढाउन नसकेपछि उद्योग स्थापनार्थ सरकारले उक्त छुटको योजना ल्याएको हो । यस्तै अन्य औद्योगिक क्षेत्रका उद्योगीलाई पनि सेज बराबरकै सुविधा दिइने बजेटमा उल्लेख छ ।
‘औद्योगिक क्षेत्रका उद्योगीले उत्पादनको ३० प्रतिशत निर्यात गरे विशेष आर्थिक क्षेत्र सरहकै छुट दिइने,’ बजेटमा भनिएको छ।
Shares

प्रतिक्रिया