कारोबार


बाली लगाउने समयभन्दा १५ दिनअघि नै समर्थन मूल्य तोकिने

बाली लगाउने समयभन्दा १५ दिनअघि नै समर्थन मूल्य तोकिने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:३९, काठमाडौँ

बाली लगाउने समयभन्दा १५ दिनअघि नै समर्थन मूल्य तोकिने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन्। 

बिहीबार बजेट भाषणका क्रममा मन्त्री पौडेलले सो घोषणा गरेका हुन्। 

उनले खरिदको व्यवस्था मिलाइने छ तथा खाद्यान्न, तरकारी, मासु र दुग्धजन्य पदार्थको गुणस्तर परीक्षणको व्यवस्था गरिने बताए।

उनले भने, ‘अखाद्य देखिएमा कारबाहीको व्यवस्था गरेको छु।’  

मन्त्री पौडेलले घूम्ति शिविरमार्फत माटो परीक्षणको व्यवस्था गर्ने, खोरेँत क्षेत्र घोषणाका लागि सिन्धुली र मकवानपुरमा विशेष कार्यक्रम सुरु हुने, बाँदर जोखिमको क्षेत्रमा सिमल, तरुल, बेसार लगाउन प्रोत्साहित गरिने लगायतका कार्यक्रम बजेटमार्फत घोषणा गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad