कारोबार


आर्थिक सर्वेक्षण : नेपालमा अ‍ण्डा र मासु न्यूनतम आवश्यकताभन्दा बढी

आर्थिक सर्वेक्षण : नेपालमा अ‍ण्डा र मासु न्यूनतम आवश्यकताभन्दा बढी

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १४:४२, काठमाडौँ

आर्थिक सर्वेक्षणले प्रतिव्यक्ति प्रतिवर्ष अण्डा र मासुको उपलब्धता यसको न्यूनतम आवश्यकताभन्दा बढी रहेको देखाएकाे छ।  

संयुक्त राष्ट्रसंघको कृष तथा खाद्य संगठनका अनुसार एक वयस्क व्यक्तिलाई वार्षिक न्यूनतम ९१ लिटर दूध, १४ किलोग्राम मासु र ४८ गोटा अण्डा आवश्यक पर्दछ। 

दूधको उपलब्धता भने केही न्यून रहे पनि अण्डा र मासु बढी उत्पादन हुने गरेकाे देखिएकाे हाे। 

आर्थिक वर्ष २०८०/८१ मा व्यावसायिक लेयर्सको सङ्ख्यामा वृद्धि हुँदा अण्डा उत्पादन २.४ प्रतिशतले वृद्धि भई प्रति व्यक्ति प्रति वर्ष अण्डाको उपलब्धता ५५.५ गोटा पुगेको छ।

 आर्थिक वर्ष २०८०/८१ मा राँगा भैंसी, भेडा, सुंगुर/बंगुर तथा खसीबोकाको मासु उत्पादनमा वृद्धि भएकोले मासु उत्पादन ४.१ प्रतिशतले वृद्धि भई करिब ४ लाख ४८ हजार मेट्रिक टन पुगेको छ। यससँगै प्रति व्यक्ति प्रति वर्ष मासुको उपलब्धता १५ के.जी. पुगेको छ।

चालू आर्थिक वर्षको फागुनसम्म खाने माछाको उत्पादन ७५.८ हजार मेट्रिक टन रहेको छ। गत आर्थिक वर्ष खाने माछाको उत्पादन १२३.४ हजार मेट्रिक टन रहेको थियो।

विगत तीन दशकदेखि सञ्चालित कृत्रिम गर्भाधान सेवा, नश्ल सुधार कार्यक्रम, सन्तुलित आहाराको उपलब्धता, पशु रोग नियन्त्रण र पशुपालनका असल अभ्यासको प्रवर्द्धनले उन्नत नश्लका गाईभैंसीको सङ्ख्या तथा उत्पादकत्वमा उल्लेख्य वृद्धि भएको जनाएकाे छ।

आर्थिक वर्ष २०८०/८१ मा कुल दूध उत्पादन करिव २.७ प्रतिशतले वृद्धि भई दूधको उपलब्धता ८९.६ लिटर प्रति व्यक्ति प्रति वर्ष पुगेको छ।

चालू आर्थिक वर्षको फागुनसम्म दूध उत्पादन १७ लाख ८९ हजार मेट्रिक टन पुगेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादन २६ लाख ८४ हजार मेट्रिक टन रहेको थियो। यसमध्ये गाईबाट उत्पादन भएको दूधको हिस्सा ४७.८ प्रतिशत र भैंसीबाट उत्पादन भएको दूधको हिस्सा ५२.२ प्रतिशत रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad