राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरेका छन्। बैठकमा उनले मुलुकको आर्थिक, सामाजिक एवं भौतिक विकास समेटिएको आर्थिक सर्वेक्षण पेस गरे।
अर्थमन्त्री पौडेलले पेस गरेको आर्थिक सर्वेक्षणमा यसवर्ष आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ। त्यस्तै, प्रदेशगत रूपमा मधेस, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदरभन्दा माथि रहने अनुमान गरिएको छ।
चालु आवको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रा स्फीति चार दशमलव ७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख गरिएको छ। राष्ट्रियसभाको अर्को आज बेलुका ५ः१५ मा बस्नेछ। रासस
Shares

प्रतिक्रिया