कारोबार


समस्याग्रस्त सहकारीका बचतकर्ताले फिर्ता पाए १ अर्ब ६७ करोड रुपैयाँ

समस्याग्रस्त सहकारीका बचतकर्ताले फिर्ता पाए १ अर्ब ६७ करोड रुपैयाँ

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १४:३८, काठमाडौँ

समस्याग्रस्त भएका सहकारीहरुमध्ये ३ वटा सहकारीको बचत फिर्ता भएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन समितिले आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म कुल ७ हजार १ सय ५५ बचतकर्ताको १ अर्ब ६२ करोड रुपैयाँ बचत फिर्ता गरेको हो। 

अर्थमन्त्रीले सार्वजनिक गरेको आव २०८१/८२ को आर्थिक सर्वेक्षणमा समस्याग्रस्त घोषणा भएका २२ सहकारीमध्ये ३ वटाको हरहिसाब राफसाफ भइसकेको उल्लेख गरेको छ।

यस्तै ६२ हजार ७ सय १० दाबीकर्ता रहेकोमा समितिले फागुन मसान्तसम्म ७ हजार १ सय ५५ वटा बचतकर्ताको सबै रकम फिर्ता गरेको जनाएको छ भने करिब १ हजार सदस्यको बचत आंशिक मात्रै फिर्ता भएको हो ।  

समग्रमा फागुन मसान्तसम्म पिडित बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख रुपैयााँ मागदाबी गरेका थिए । जसमा हालसम्म १ अर्ब ६७ करोड ६७ लाख रुपैयाँ बचतकर्ताले फिर्ता पाएका हुन् । 

सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी १९ सहकारीका बचतकर्ता तथा आंशिक निक्षेप फिर्ता बाँकी रहेको बचतकर्ताको ३८ अर्ब २५ करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad