कारोबार


३.१५ प्रतिशत जनसंख्यामा पुगेन आधारभूत खानेपानी सेवाको पहुँच

३.१५ प्रतिशत जनसंख्यामा पुगेन आधारभूत खानेपानी सेवाको पहुँच

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १४:३३, काठमाडौँ

चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणले अझै ३.१५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच नपुगेको देखाएको छ। 

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको चालू आवको सर्वेक्षणले यस्तो देखाएको हो। 

यसअनुसार २०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या ९६.८५ प्रतिशत र सुरक्षित खानेपानी (उच्च मध्यमस्तर सेवाको पहुँच पुगेको जनसङ्ख्या २८.५० प्रतिशत पुगेको छ ।

२०८१ असारसम्म यस्तो जनसङ्ख्या क्रमशः ९६.७५ प्रतिशत र २७.७६ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न १७ खानेपानी आयोजना सम्पन्न भएका छन् । सम्पन्न भएका आयोजनाबाट यस अवधिमा थप २ लाख ५ हजार ५ सय ६९ जनसङ्ख्यामा खानेपानी सेवा विस्तार भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत खानेपानी वितरणको लागि ७९६ किलोमिटर पाइप विछ्याउने लक्ष्य रहेकोमा २०८१ फागुनसम्म ७६० किलोमिटर पाइपलाइन विछ्याउने कार्य सम्पन्न भएको छ ।

काठमाडौँ उपत्यकाभित्र २६५ सरकारी विद्यालय, ४६ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४०० स्थानमा वर्षातको पानी सङ्कलन प्रविधि जडान भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad