कारोबार


लगानी बोर्डले रासायनिक मल कारखानाको डीपीआर बनाउन कार्यदल गठन गर्ने

लगानी बोर्डले रासायनिक मल कारखानाको डीपीआर बनाउन कार्यदल गठन गर्ने

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १९:३३, काठमाडौँ

लगानी बोर्डको ६३औँ बोर्ड बैठकले रासायनिक मलको डीपीआर अगाडी बढाउन कार्यदल बनाउने निर्णय गरेको छ।

लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षताको बसेको ६३औँ बैठकले अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न एक कार्यदल गठन गर्ने निर्णय  भएको हो।

बोर्डका प्रवक्त पद्युम्नप्रसाद उपाध्यायका अनुसार पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनाको विस्तृत अध्ययन, विकास तथा सञ्चालन (व्यवस्थापन सम्बन्धमा प्राप्त प्रस्तावलाई स्वीस च्यालेन्जको अवधारणा अनुरुप प्रतिष्पर्धात्मक प्रकृयामा लैजाने निर्णय गरेको छ।

बैठकले विभिन्न मुलुकहरूसँग हालसम्म गरिएका दोहोरो कर उन्मुक्ति सम्झौता तथा लगानी प्रवर्द्धन सम्झौताहरूका सम्बन्धमा अध्ययन गरी थप मुलुकहरूसँग उक्त सम्झौता गर्ने बारेमा बोर्ड समक्ष प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, आजको बोर्ड बैठकबाट डिप सिबेड माइनिङ परियोजनाको सम्बन्धमा प्राप्त प्रस्तावउपर प्रचलित अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय नीति तथा काननीु व्यवस्था सहित आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस गर्न एक समिति गठन गर्ने निर्णय भएको छ।

बोर्ड बैठकले नेपालमा ग्रीन हाइड्रोजन सम्बन्धी अध्ययन तथा उद्योग स्थापना सम्बन्धमा प्राप्त प्रस्ताव अनुरुप परियोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयलाई अख्तियारी दिने निर्णय गरेको छ।

त्यस्तै, लगानी बोर्डको कार्यालयमा प्राप्त इन्ट्रिगेट्रेड एग्रीभोलाटिक्स विथ बीइएसएस प्रोजेक्ट परियोजना सम्बन्धमा स्वीस च्यालेन्जको आधारमा प्रतिस्पर्धा गराई उक्त परियोजना अगाडि बढाउने निर्णय भएको छ।

निर्माणाधीन अरुण ३ जलविद्युत परियोजनाको परियोजना विकास सम्झौताको प्रावधान अनुसार प्रोजेक्ट रिभ्यु प्यानल गठन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad