हाफ म्याराथनको १३ औँ संस्करण आगामी शनिबार हुने भएको छ।
कान्तिपुर पब्लिकेसन्स लिमिटेडले आईतबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथनको १३ औँ संस्करण जेठ १७ गते शनिबार हुने जानकारी दिएको हो।
हाफ म्याराथनमा यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ रहेको छ।
हाफ म्याराथनमा महिला र पुरष गरि विभिन्न ४ विधामा स्पर्धा हुनेछ। हाफ म्याराथन २१.१ किमीको हुनेछ। त्यस्तै अन्य ३ विधामा कर्पोरेट एन्ड सेलेब रन ५ किमी, कलेज रन ७ किमी तथा ह्विलचेयर रेस ३ किमि हुनेछ। विभिन्न विधामा गरि २५ सय धावकको सहभागिता रहने आयोजकको अपेक्षा छ।
हाप म्याराथनमा यसपटक पुरस्कार राशीमा वृद्धि गरिएको आयोजकले बताएको छ। मुख्य विधा हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० पाउने छन्। त्यस्तै दोस्रो देखि छैटौं हुनेले ७५, ५०, ३०, २० र १० हजार पाउने छन्।
ह्विलचेयर रेस तर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउने छन्। कर्पोरेट र सेलेब रन तथा कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन्। हाफ म्याराथनमा कोर्ष रेकर्ड बनाउने खेलाडीले २५ हजार पाउने छन्।
हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी कटुन्जे रोडबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ।
कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिने छ। सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला, बिजुली बजार पुल अगाडिबाट फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिने छ।
कलेज रन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुनेबाट फन्को लगाएर बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनका लागि नाम दर्ता सुरु भैसकेको छ।
Shares

प्रतिक्रिया