कोरोना भाइरस ‘कोभिड १९’ को महामारीबीच चीनले हालसम्म बिभिन्न देशमा कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री निर्यात गरेको छ।
हालसम्म चीनले ३ अर्ब ८६ करोड मास्क विदेश निर्यात गरेको पिपुल्स डेलीले जनाएको छ।
यस्तै चीनले ३ करोड ५२ लाख पीपीइ, २० लाख ४१ हजार इन्फ्रारेड थर्मोमिटर, १६ हजार भेन्टिलेटर, २० लाख ८४ हजार कोरोना परीक्षण किट र ८० लाख ४१ हजार विशेष चिकित्सकीय चश्मा विभिन्न देशमा निर्यात गरेको छ।
कोरोना भाइरसविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्रीको अभाव भइरहेको क्रममा चीनले विभिन्न देशलाई स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको हो।
चीनले स्वास्थ्य सामाग्री बेचेर कोरोनाले बढाएको आर्थिक भारलाई व्यवस्थित बनाउने विश्लेषण हुन थालेको छ। एजेन्सी
Specifically, China has exported:
- 3.86 billion masks
- 37.52 million protective suits
- 2.41 million infrared thermometers
- 16,000 ventilators
- 2.84 million testing kits
- 8.41 million goggles pic.twitter.com/lYt8CfQX7p
प्रतिक्रिया