अघिल्लो दिन (जेठ ९ गते शुक्रबार) को तुलनामा आज (जेठ ११ गते आइतबार) सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो।
यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। हिजो शनिबार भने सुनचाँदीको भाउ तोकिएन।
चाँदीको भाउ भने अघिल्लो दिन (शुक्रबार) कै कायम भएको छ।
अर्थात् आज पनि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
3.6k
Shares

प्रतिक्रिया