राजनीति


हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो: प्रधानमन्त्री

हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो: प्रधानमन्त्री

नेपालखबर
जेठ २, २०८२ शुक्रबार ११:४५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु भएकाे बताएका छन्। 

नेपाल सरकारद्वारा पहिलोपटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमानसँग जाेडिएकाे याे यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको पनि बताए।

उनले इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा  सामूहिक कदम चाल्न विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको पनि उल्लेख गरे।

‘आशा गर्छौं, यो संवाद-त्यत्तिकै उच्च बनोस्। उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्’, प्रधानमन्त्री ओलीले भने, ‘जलवायु परिवर्तनको कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ तर वातावरण संरक्षणमा हाम्रो योगदान महत्वपूर्ण छ। तथापि हामीले असर भने धेरै भोगिरहेका छौँ। हाम्रा घरबासहरू पहिराले बगाइरहेका छन्। बाढी र खडेरी अकस्मात आउँछ, समस्या गर्छ। यसविरुद्ध हामी डटिरहेका छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad