कारोबार


पाँचौँ वार्षिकोत्सव मनाउँदै इ–सेवा मनि ट्रान्सफर

पाँचौँ वार्षिकोत्सव मनाउँदै इ–सेवा मनि ट्रान्सफर

नेपालखबर
जेठ १, २०८२ बिहिबार १५:७, काठमाडौँ

डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी इ–सेवा मनि ट्रान्सफरले आफ्नो  पाँच वर्ष वर्षे यात्रा सफलतापूर्वक पूरा गरेको छ।

स्थापना कालदेखि नै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको यस कम्पनीले विश्वभर रहेका २०० भन्दा बढी देशहरूबाट नेपालीहरूले नेपालमा सजिलै पैसा पठाउने सक्ने सेवा उपलब्ध गराउँदै आएको छ।

पाँच वर्षको अवधिमा, ईसेवा मनि ट्रान्सफरले १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गर्दै एक बलियो तथा विश्वासिलो अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्न सफल भएको छ।

यस नेटवर्कमार्फत विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनको इसेवा वालेट, बैंक खाता वा नगद भुक्तानी केन्द्रहरूमा सजिलै, सुरक्षित र प्रभावकारी तरिकाले रकम पठाउन सहज बनाएको छ।

पाँचौँ वार्षिकोत्सवको अवसरमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘केवल  पाँच वर्षको अवधिमै इ–सेवा मनि ट्रान्सफरले सुलभ, छिटो, सुरक्षित  र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर उनीहरूको पहिलो रोजाइ बन्न सफल भएकोमा हामी अत्यन्त  खुशी र उत्साहित छौँ। ‘डिजिटल नेपाल’ को हाम्रो उद्देश्यमा विश्वास राख्दै साथ दिनुहुने  सबै साझेदारहरू, प्रिय ग्राहकवर्ग  तथा प्रत्यक्ष  वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनु भएका सम्पूर्णमा हार्दिक आभार प्रकट गर्न चाहन्छौँ।’

एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले भने, ‘इ–सेवा मनि ट्रान्सफरको पाँचौं वार्षिकोत्सव, नेपालमा वित्तीय सेवा क्षेत्रको रुपान्तरण गर्ने हाम्रो दूरदृष्टि तर्फको एक महत्वपूर्ण पाइला हो भन्ने अनुभूति गराउँछ। प्रविधिमा आधारित नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाहरूको माध्यमबाट हामी संसारभर रहेका नेपालीहरूलाई अझ नजिक ल्याउँदै, वित्तीय समावेशीताको अनुभूति दिलाउने हाम्रो यात्रा अविच्छिन्न रूपमा अगाडि बढिरहेको छ।’

इ–सेवा मनि ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरू मार्फत रेमिट्यान्स भुक्तानी प्रणाली सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

इ–सेवा मनि ट्रान्सफर फिनटेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत, विक्रम सम्वत २०७७ साल वैशाख ३० गते, स्थापना भएर सञ्चालनमा आएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad