अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद अनियमितता प्रकरणमा सफाइ पाएका दूरसञ्चार प्राधिकरणका पाँच उच्च तहका कर्मचारीविरुद्ध पुनः मुद्दा दायर गरेको छ।
आयोगले विशेष अदालत काठमाडौंमा प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा, पुरुषोत्तम खनालसहित निर्देशक र उपनिर्देशकविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले दायर गरेको मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार राय, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, सन्दिप अधिकारी छन्।
प्रशासन महाशाखा प्रमुख दिपेश आचार्य, पूर्वाधार महाशाखा डा. सुरेन्द्रलाल हाडा, अनुगमन माहाशाखा प्रमुख विजयकुमार रायविरुद्द मुद्दा दायर भएका छन्। प्राधिकरणका कर्मचारी स्वत: निलम्बनमा पर्छन्।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले टेरामक्समा सावाँ ३ अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको जानकारी दिएका छन्।
२०८१ फागुनमा एमडीएमएसमा सफाइ पाएका उच्च तहका कर्मचारीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ।
एमडीएमएसमा प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र खनाल एमडीएमएस प्रकरणमा दोषी ठहर भएका छन्। अदालतले झा र खनाललाई १ वर्ष १ महिना कैद सरजाय, दामासाहीअनुसार ५ करोड ८० लाख बिगो कायम गरेको छ।
प्रतिवादी बनाइएको प्राधिकरणका तत्कालीन निर्देशक दिपेश आचार्य, सुरेन्द्रलाल हाडाले सफाइ पाइसकेका छन्। त्यसबाहेक उपनिर्देशक अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, सन्दीप अधिकारीले सफाइ पाए पनि पुनः मुद्दा दायर भएको छ।
हाल यी निर्देशक र उपनिर्देशकविरुद्ध पुन: मुद्दा दायर भएको हो।
Shares

प्रतिक्रिया