कारोबार


राजस्व र ऋणबापत अर्थ मन्त्रालयमा ४ खर्ब बढीको बक्यौता, विद्युत् प्राधिकरणको मात्रै १ खर्ब २४ अर्ब

राजस्व र ऋणबापत अर्थ मन्त्रालयमा ४ खर्ब बढीको बक्यौता, विद्युत् प्राधिकरणको मात्रै १ खर्ब २४ अर्ब

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १६:४०, काठमाडौँ

राजस्व तथा साँवा ब्याज बक्यौता अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब बढीको राजस्व तथा भाखा नाघेको ऋणको साँवा ब्याज असुल गर्न बाँकी रहेको छ। महालेखापरीक्षकको ६२ औँ प्रतिवेदनले आर्थिक बर्ष २०८०/८१ सम्म अर्थमन्त्रालय र सो मातहतका निकायले विभिन्न संघसंस्थाहरूबाट ३५ अर्ब २२ करोड राजस्व तथा भाखा नाघेको ऋणको साँवा ब्याज असुल गर्न बाँकी रहेको उल्लेख गरेको हो।

सोमध्ये राजस्व बक्यौता २ खर्ब ५४ अर्ब ४ करोड रहेकोमा १ खर्ब २३ अर्ब ८० करोड अर्थात ४८.७३ प्रतिशत बक्यौता न्यायीक निकायमा विचाराधीन रहँदा असुल हुन नसकेको देखिन्छ। 

करदाताहरू न्यायीक पुनरावलोकनमा गएको देखिँदा बक्यौताको ठूलो हिस्सा न्यायीक निकायमा विचाराधीन रहेको देखिएको प्रतिवेदनले उल्लेख गरेको छ।

नेपाल सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण लगानीको भाखा नाघेको साँवा ब्याजअन्तर्गत १ खर्ब ८१ अर्ब १८ करोड असुल गर्न बाँकी छ। जसमा नेपाल विद्युत् प्राधिकरणको १ खर्ब २४ अर्ब ४ करोड रकम बक्यौता बाँकी देखिएको हो ।

योबाहेक हाल सञ्चालनमा नरहेका १४ संस्थानको १ अर्ब २२ करोड ५० लाख सावाँ तथा ५ संस्थानको २४ करोड ६४ लाख ब्याज बापतको रकम पनि मन्त्रालयले असुल गर्न सकेको छैन। 

प्रतिवेदनले स्थानीय तहमा पनि ठूलो रकम असुल हुन बाँकी रहेको देखाएको हो। जसमा १२ स्थानीय तहमा १ अर्ब १८ करोड ६२ लाख ऋण लगानी गरेकोमा साँवाबापतको १ अर्ब १८ करोड ३० लाख र सो को ब्याजबापतको १ अर्ब ७७ करोड ३८ लाख रकम बक्यौता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad