कारोबार


कोरोना नियन्त्रण कोषलाई प्रभु बैंकले दियो १ करोड १ लाख सहयोग

कोरोना नियन्त्रण कोषलाई प्रभु बैंकले दियो १ करोड १ लाख सहयोग

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ७:७,

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. १ करोड १ लाख रुपैयाँको चेक बिहीबार हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पनि उपस्थिति रहेको थियो ।

प्रभु बैंकले देशमा आईपर्ने संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा उपस्थिति जनाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad