कारोबार


सुरु भयो  वसन्त ऋतुको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा

सुरु भयो  वसन्त ऋतुको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा

नेपालखबर
बैशाख २७, २०८२ शनिबार ५:३४, काठमाडौँ

डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ। बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भएको बताइँदै छ। 

खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले बताए। 

एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । त्यही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहीबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए।

सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको बताइएको छ। 

पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक–दुई टीम थपिने विभागको अनुमान छ। 

अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ। सबै हिमालबाट ७८ करोड सङ्कलन भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad