सुनको मूल्य आज पनि बढेको छ। गएको आइतबारदेखि हरेक दिन बढ्दै आएको सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
सुनको मूल्य आज तोलाको एक लाख ९२ हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको मंगलबार तोलामा पाँच हजार तीनसय रुपैयाँ बढेको सुनको मूल्य हिजो प्रतितोला एक हजार सातसय रुपैयाँ बढेको थियो। गएको आइतबारदेखि आजसम्म सुनको मूल्य ८ हजार सातसय रुपैयाँ बढिसकेको छ।
हिजो सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ६ सय रुपैयाँ थियो।।
यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो।
आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला १० रुपैयाँ घटेर एक हजार नौ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Shares

प्रतिक्रिया