विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपाल पनि आक्रान्त भएपछि यसविरुद्ध लड्न नेपाल सुनचाँदी व्यवसायी महासंघले १५ लाख रुपैया सहयोग गर्ने भएको छ।
महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पु¥याउन सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा पन्ध्र लाख रुपैयाँ सहयोग उपलब्ध जनाएको छ।
साथै यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि महासंघले सरकारसँग सहकार्य गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया