कारोबार


नारायणी नदीको भरतपुरतर्फ २० किलोमिटर तटबन्धन

नारायणी नदीको भरतपुरतर्फ २० किलोमिटर तटबन्धन

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार २१:३८, चितवन

नारायणी नदी व्यवस्थापन आयोजनाले भरतपुरतर्फ २० किलोमिटर क्षेत्रमा तटबन्धनको काम सम्पन्न गरेको छ। नारायणी नदी पुलबाट दक्षिणतर्फको ३५ किलोमिटरमध्ये २० किमी सम्पन्न भएको र बाँकी १० किमीमा तटबन्धनको काम अन्तिमचरणमा रहेको आयोजनाले जनाएको छ।

पाँच किलोमिटरका दुईवटा प्याकेजको ठेक्का सम्झौताको तयारी र एउटा प्याकेजको बोलपत्र आह्वान गरिएको कार्यालयका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर प्रकाश लम्सालले जानकारी दिए। उनका अनुसार यसअघि जनताको तटबन्ध कार्यालयले १० किमी र नाम परिवर्तन भएसँगै  यो आयोजनाले अरु काम गरेको हो।

रु २५ करोडको लागतमा तीनवटा प्याकेजबाट काम गर्न लागिएको सूचना अधिकारी लम्सालले बताए। उनले भने, ‘अब तीनवटा प्याकेजको काम सुरु भएसँगै चितवनतर्फको नदी तटबन्धनको काम सकिन्छ। जनताको तबन्धन कार्यालयले १२ वर्षअघि सम्पन्न गरेको १० किलोमिटर नदी व्यवस्थापनलाई पुनः मर्मत गर्नुपर्ने अवस्था छ। यसमा पनि आवश्यक गर्छौं।’

पहिले जालीमा ढुङ्गा हालेर तटबन्धनको काम गर्ने गरिएको थियो। पछिल्लो समय ठूला–ठूला ढुङ्गाको प्रयोग गरेर कङ्क्रिटवाल लगाउने गरिएको उनले लम्सालले जानकारी दिनुभयो। यसले ३० वर्ष सम्म सुरक्षित हुने भए पनि तारजालीमा हालिएको ढुङ्गाले १२ देखि १५ वर्षसम्म मात्र काम गर्ने अनुमान उनको भनाइ छ।  

काम भए पनि ती खण्डमा निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीलाई बजेट अभावका कारण करिब रु ९० करोड भुक्तानी दिन बाँकी रहेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ। गत आर्थिक वर्षमा रु एक अर्ब १३ करोड ६४ लाखको दायित्व यसवर्ष दायित्व पूरा गरेकाले यस वर्षको तिर्नुपर्ने रकम थप जिम्मेवारीका रूपमा रहेको हो।

आयोजना प्रमुख इञ्जिनियर चक्रविक्रम सिंह बजेट अभाव भएपछि तटबन्धको काममा ढिलासुस्ती भएको बताउँछन्। ‘चितवन र नवलपरासीतर्फ नदी किनारलाई विभिन्न ११ खण्डमा विभाजन गरी तटबन्ध गरिएको हो। अधिकांश खण्डको काम सम्पन्न भइसकेको छ। अब बजेट निकासा भएसँगै बाँकी रकम भुक्तानी गर्छौं’ उनले भने।

चितवनको भरतपुर महानगरपालिका वडा नं ४ र १६ को क्षेत्रमा भइरहेको तटबन्धको भौतिक प्रगति ९७ प्रतिशत पुगेको छ। भरतपुर महानगरपालिका—२६ को भगडी–सिसै क्षेत्रमा भएको तटबन्धको भौतिक प्रगति ३५ प्रतिशत छ। यस कार्यले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरूको जोखिम न्यूनीकरणमा सघाउ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad