सुनको मूल्य आज व्यापक मात्रामा वृद्धि भएको छ। आइतबार र सोमबार दुवैदिन बढेको सुनको मूल्य आज प्रतितोला ५ हजार तीन सय रुपैयाँ बढेको हो।
सुनको मूल्य आज प्रतितोला एक लाख ८९ हजार नौसय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँ बढेर एक लाख ८४ हजार ६ सय रुपैयाँ पुगेकाे थियाे।
यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला ५५ रुपैयाँ बढेर एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको छ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
Shares

प्रतिक्रिया