कारोबार


सात उद्योग प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न मन्त्रिपरिषद्को स्वीकृति

सात उद्योग प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न मन्त्रिपरिषद्को स्वीकृति

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १२:४२, काठमाडौँ

सरकारले सातवटा उद्योग प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको छ। 

१५ गते बसेको मन्त्रिपरिषद् बैठकले सो स्वीकृति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार जानकारी दिए। 

उनले भने, ‘जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, नेपाल ओरिएन्ट म्याग्नेसाइट गरी ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।’ 

त्यसैगरी रानीजमरा कुलरिया सिँचाइ आयोजना नहर निर्माण तथा विस्तारका लागि आवश्यक नहरको रेखांकनमा पर्ने करिब २८९ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको उनले बताए। 

अरु के के निर्णय भए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad