कारोबार


नगर विकास कोषलाई पुनर्संरचना गरिने

नगर विकास कोषलाई पुनर्संरचना गरिने

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १७:४३, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा नगर विकास कोषलाई पुनर्संरचना गरिने नीति लिएको छ। 

आज संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नगर विकास कोषलाई पुनःसंरचना गरिने जानकारी दिएका हुन्।
 
‘सहरी पूर्वाधारका लागि थप पुँजी परिचालन गर्न नगर विकास कोषलाई पुनःसंरचना गर्दै यसको स्वामित्व सङ्घ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूको बीचमा वितरण गरिनेछ,’ उनले भने, ‘आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाइनेछ।’

काठमाडौँ उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र अन्य पर्यावरणीय सुधारका कार्यहरू गरिने लक्ष्य लिइएको छ। काठमाडौँको केन्द्रमा स्थित भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कका रूपमा विकास गरिने सहरी विकास मन्त्रालय अन्तर्गतको नीति रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad