कारोबार


आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्दै उद्यमशीलताको विकास, स्टार्टअप कर्जा विस्तार गरिने

आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्दै उद्यमशीलताको विकास, स्टार्टअप कर्जा विस्तार गरिने

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १५:४९, काठमाडौँ

आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्न सरकारले उद्यमशीलताको विकास गर्ने योजना अगाडि बढाएको छ।

सरकारले आगामी आवको नीति तथा कार्यक्रममार्फत उद्यमशीलताको विस्तार गर्न नवप्रवर्तनको विस्तार तथा बजारीकरणलाई प्रमुख रुपमा विस्तार गरिने उल्लेख गरेको हो। 

व्यावसायिक वातावरण सुधार गर्न सरकारबाट अध्यादेशमार्फत सुरु गरिएको नीतिगत सुधारका कार्यक्रममा उद्यमशीलता र निजी लगानी प्रवर्द्धन गरिने उल्लेख गरिएको छ।

यसरी मुलुकलाई आत्मनिर्भर बनाउन उद्यमशीलतालाई प्रोत्साहन गरिने राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको आगामी नीति तथा कार्यक्रममा उल्लेख छ। 

यसमा जलाधार उद्योग विस्तार, सहकारी तथा सामुदायिक क्षेत्रलाई उद्योगतर्फ आर्कषण गर्ने, स्टार्टअप कर्जा कार्यक्रम विस्तार तथा स्टार्टअपलाई सेवा बजारीकरण सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ।

कार्यक्रमले इकमर्सलाई समेत प्राथमिकतामा राखेर विस्तार कार्यक्रम कार्यान्वयनमा ल्याइने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad