सरकारले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको सुदृढीकरण तथा पुनर्संरचनालाई पुनः दोहोर्याएको छ।
आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुँजीबजार विस्तारका लागि आवश्यक सुधार गरिने बताएका हुन्।
उनले धितोपत्र बजारको विस्तार गर्दै गुणस्तरीय बजार निर्माणका लागि दुई निकायको स्तरोन्नति गरिने बताए। कार्यक्रममा धितोपत्र बोर्ड सुदृढीकरणसँगै नेप्से पुनर्संचना गरिने उल्लेख गरिएको छ।
27
Shares

प्रतिक्रिया