कारोबार


चौथो ठूलो अर्थतन्त्रमा अमेरिकी राज्यले जापानलाई उछिन्यो

चौथो ठूलो अर्थतन्त्रमा अमेरिकी राज्यले जापानलाई उछिन्यो

अमेरिकी राज्य क्यालिफोर्निया (Getty Image)


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १२:१५, काठमाडौँ

अमेरिकी राज्य क्यालिफोर्निया विश्वकै चौथो ठूलो अर्थतन्त्र बनेको छ। 

जापानलाई उछिन्दै क्यालिफोर्निया चौथो ठूलो अर्थतन्त्र बनेको बीबीसीले उल्लेख गरेको छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अमेरिकी ब्युरो अफ इकोनोमिक एनालाइसिसले दिएको नयाँ तथ्यांकले यस्तो देखाएको बताइएको छ। 

नयाँ तथ्यांकअनुसार क्यालिफोर्नियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२४ मा ४१ खर्ब अमेरिकी डलर पुगेको छ। योसँगै ४० खर्ब अमेरिकी डलर जीडीपी रहेको जापान पछि परेको हो। 

क्यालिफोर्नियाभन्दा अगाडि जर्मनी, चीन र अमेरिका (समग्रमा) छन्। 

क्यालिफोर्नियामा ठूलो हिस्सा म्यानुफ्याक्चरिङ र कृषि उत्पादनको छ। यसबाहेक यो राज्य प्राविधिक नवप्रवर्तन, विश्व मनोरञ्जन उद्योग र अमेरिकाकै दुई ठूला समुद्री बन्दरगाहको घर समेत रहेको छ। 

नयाँ तथ्यांकअनुसार क्यालिफोर्नियाभन्दा अघि रहेका जर्मनीको जीडीपी साढे ४६ खर्ब डलर, चीनको १८७ खर्ब डलर र अमेरिकाको २९१ खर्ब ८० अर्ब अमेरिकी डलर छ।

यसले यी देशहरुसँगको तुलनामा क्यालिफोर्नियाको अर्थतन्त्र तीव्र गतिमा वृद्धि भइरहेको समेत देखाएको छ। 

जापानको अर्थतन्त्र भने घट्दो र बुढ्यौली जनसंख्याको बढ्दो दबाबमा छ। यसको अर्थ जापानमा कार्यबलमा संकुचन आइरहेको छ भने सामाजिक हेरचाह लागत निरन्तर बढ्दै गइरहेको छ। 

यही हप्ता मात्रै आईएमएफले जापानको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad