भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीडी) र काठमाडौँको सुकेधारा हाइट्सस्थित होटल मक्र्योरबीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई होटेलमा १५ प्रतिशत सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ।
यस सम्झौता पश्चात एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि मक्र्योर काठमाडौँमा आफ्नो एससीटी–यूपीआई कार्ड मार्फत् भुक्तानी गर्नु पर्छ।
ग्राहकहरूले एससीटी–यूपीआई कार्ड मार्फत भुक्तानी गर्दा फूड र वेभरेज बिलमा १० प्रतिशत छुट तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन्। रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ।
यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ।
एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया