कारोबार


दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै काम सक्न निर्देशन

दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै काम सक्न निर्देशन

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १८:४८, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको आकस्मिक रुपमा स्थलगत निरीक्षण गरेका छन्।

विस्तारको क्रममा रहेको सो सडक खण्डको निरीक्षणका क्रममा दाहाल सहितको टोलीले दाउन्ने क्षेत्रमा भई रहेको निर्माण कार्य बारे समेत जानकारी लिएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भूधरातलका कारण सवारी साधनहरू केही समय बन्द गराएर विस्तारको काम भईरहेको छ।

सवारी आवागमन रोकेर काम गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो समेत आउने गरेको छ। तर सकेसम्म कम समस्या हुने गरि समय व्यवस्थापन गरेर निर्माणको काम भई रहेको आयोजनाले जनाएको छ।

एशियाली विकास बैंकको ऋण सहयोगमा विस्तार भई रहेको सडकको सो खण्डलाई प्राथमिकताका साथ निर्माणको काम अघि बढाईएको आयोजनाको भनाई छ।

दाउन्ने क्षेत्रको निरीक्षणका क्रममा मन्त्री दाहालले सवारी साधन तथा यात्रुलाई सकेसम्म कम समस्या हुने गरि निर्माणलाई गति दिन निर्देशन दिए। झरी पर्न शुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै उनले वर्षायाम अघिनै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन निर्देशन दिए।

एडिवी आयोजना निर्देशक चुडाराज ढकालले सो स्थानमा धरातलीय विशिष्टता र जटिलताका कारण कालोपत्रे भन्दा ढलान प्रविधि उपयुक्त हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad