कारोबार


पूर्वअर्थमन्त्रीहरूलाई मन्त्रालय बोलाएर अर्थमन्त्री पौडेलले गरे आगामी बजेट निर्माणबारे छलफल

पूर्वअर्थमन्त्रीहरूलाई मन्त्रालय बोलाएर अर्थमन्त्री पौडेलले गरे आगामी बजेट निर्माणबारे छलफल

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १७:३०, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले पूर्वअर्थमन्त्रीहरुलाई अर्थ मन्त्रालयमा बोलाएर नयाँ बजेट निर्माणबारे छलफल गरेका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईसहित पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशशरण महत, वर्षमान पुन, जनार्दन शर्मा, डा. प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्कीलगायतसँग पौडेलले छलफल गरेका हुन्। 

सहभागी डा. महतका अनुसार आगामी आर्थिक वर्षको योजना तर्जुमाबारे छलफल भएको थियो। आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा प्रस्तुतीकरण भएको उनले बताए। 

अर्थ मन्त्रालयले आगामी बजेटको कार्यादेश र प्राथमिकता, वित्त सन्तुलन कायम गर्न अपनाउनुपर्ने वित्त नीति र बजेट अनुशासनका प्रबन्धहरु, स्रोत परिचालनका उपाय, आयोजना व्यवस्थापनमा गर्नुपर्ने सुधार, सामाजिक सुरक्षा खर्चको दीगोपनाका लागि लिनुपर्ने नीति,, वित्तीय संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने उपाय, खर्च कटौतीका व्यावहारिक उपाय, निजी क्षेत्रको मनोबल बढाउन तथा लगानी प्रवर्द्धनका लागि तत्काल गर्न सकिने सुधार र विषय क्षेत्रगत सुझाव पूर्वअर्थमन्त्रीहरुसँग मागेको थियो। 

तिनै विषयमा केन्द्रित भएर पूर्वअर्थमन्त्रीहरुले अर्थमन्त्री पौडेललाई आआफ्नो सुझाव दिएको अर्थ मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad