कोरोना महामारीपछि नेपालमा डिजिटल कारोबार ह्वात्तै बढेको छ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांक हेर्दा नेपालमा ५ करोड १२ लाख कारोबार मोबाइल बैंकिङबाट मात्रै भएका हुन्।
गत वर्षको फागुन महिनामा यस्तो कारोबार ३ करोड २४ लाख वटा थियो। अर्थात् एकै वर्ष २ करोडले कारोबार बढेको छ।
त्यसबाहेक मोबाइल बालेटबाट ३ करोड ३५ लाख कारोबार भएका छन्।
यी कारोबारहरुमा क्यूआर कोडमा आधारित कारोबार मात्रै २ करोड ७० लाख मात्रै भएका छन्। पछिल्ला वर्षमा एटीएमको पहुँच बढे पनि कारोबार स्थिर छ। फागुनमा १ करोड २ लाखवटा कारोबार भएका छन्।
नेपालमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, वालेट र कार्डबाट हुने कारोबार पनि बढ्दो छ। भौतिक रुपमा बोकिने वालेटभन्दा मोबाइलमा भएकै वालेटबाट बढी संख्यामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ।
रकमका हिसाबले कुल नगद कारोबार चेकको माध्यमबाट भए पनि कारोबार संख्याको आधारमा डिजिटल कारोबारको हिस्सा बढी हुनथालेको छ।
Shares

प्रतिक्रिया