कारोबार


बिमस्टेकका कृषि मन्त्रीहरुको बैठक : क्षेत्रीय खाद्य र  बीउ भण्डार स्थापना गर्ने सहमति

बिमस्टेकका कृषि मन्त्रीहरुको बैठक : क्षेत्रीय खाद्य र  बीउ भण्डार स्थापना गर्ने सहमति

बिमस्टेकका कृषि मन्त्रीहरुको बैठक। तस्बिरः भारतीय दूतावास


नेपालखबर
चैत २८, २०८१ बिहिबार १२:१६, काठमाडौँ

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरुमा क्षेत्रीय खाद्य भण्डारको स्थापना र क्षेत्रीय बीउ भण्डार स्थापना गर्ने बिषयमा सहमति भएको छ। 

बुधबार काठमाडौँमा सम्पन्न भएको बिमस्टेक राष्ट्रहरुको कृषि मन्त्रीस्तरीय तेस्रो बैठकमा कृषि क्षेत्रमा भएका गरेका कार्यक्रमहरुको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै यस्तो निर्णय भएको हो।

नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा बिमस्टेक कृषि क्षेत्रको सहकार्यको कार्ययोजना २०२३–२०२७ को कार्यान्वयनको प्रगति समीक्षा गरिएको थियो।

त्यस्तै क्षेत्रीय कृषि व्यापारको प्रवर्द्धनका बिषयमा भएको सहमतिका अतिरिक्त सदस्य राष्ट्रको कृषि क्षेत्रमा क्षमता विकासका लागि समेत बिशेष पहल गर्ने बिषयमा सहमति भएको छ। 

बैठकमा भारतले बिमस्टेक सेन्टर अफ एक्सिलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधारको स्थापनाका लागि अवधारणा प्रस्तुत गरेको थियो। पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यको लागि नयाँ कार्ययोजनाको अनुमोदन समेत बैठकमा गरिएको थियो।


बैठकमा भारत र भुटानका मन्त्रीको भौतिक उपस्थिति थियो भने बंगलादेश, म्यानमार, र श्रीलंका मन्त्रीहरुले भर्चुअल माध्यामबाट सहभागिता जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad