विन नेपाल लघुवित्तले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गरेको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ५१ हजार २ सय ९२ कित्ता सेयर बिहीबारबाट निष्काशनमा ल्याएको हो।
कम्पनीको जारी पुँजी ८ करोड ४३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ छ।
आजबाट आवेदन दिन सकिने गरी निष्काशनमा ल्याएको एफपीओमा आवेदकले चैत २६ गतेसम्म सेयर भर्न पाउनेछन्।
उक्त अवधिमा माग गरिएबमोजिम आवेदन नपरेमा कम्पनीले ढिलोमा वैशाख ४ गतेसम्म आवेदन खुला राख्नेछ।
लगानीका हिसाबले कम्पनीलाई रेटिङ कम्पनी केयर रेटिङले एकल बी रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा बढी जोखिम रहेको भन्ने जनाउँछ।
63
Shares

प्रतिक्रिया