कारोबार


वैशाख १८ मा हुने दुर्गेशको कन्सर्टको टिकट आईएमई पे र खल्तीमार्फत खरिद गर्न मिल्ने

वैशाख १८ मा हुने दुर्गेशको कन्सर्टको टिकट आईएमई पे र खल्तीमार्फत खरिद गर्न मिल्ने

नेपालखबर
चैत २०, २०८१ बुधबार १६:५३, काठमाडौँ

यही वैशाख १८ गते काठमाडौंको बौद्धको हयात ग्राउन्डमा हुने गायक तथा परफर्मर दुर्गेश थापाको कन्सर्टको अनलाइन टिकट आईएमई पे र खल्ती एपमार्फत खरिद गर्न सकिने भएको छ। 

ट्राइएङल इन्कको आयोजनामा थापाको कन्सर्ट हुनलागेको हो। 

हालको समयमा सर्वाधिक रुचाइएको गीत "दुश्मन हेरेको हेर्‍यै"बाट थापाको लोकप्रियता बढ्दो छ। 

उनी केवल गायक मात्र नभई मञ्चमा आफूसँगै दर्शकलाई पनि रमाउन र नचाउन जानेका एक परफर्मरको रुपमा लिइन्छ। 
 

ह्यात ग्राउन्डमा हुन गइरहेको भव्य कन्सर्टमा थापाले आफ्नो अत्यन्तै चर्चित गीतहरु प्रस्तुत गर्नेछन् र साथै अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरुको पनि मनोरञ्जनात्मक प्रस्तुति रहनेछ। 

प्रशंसकहरूले आफ्नो प्रवेश टिकट आजैबाट आइएमई पे तथा खल्ती एपको "इभेन्ट्स" सेक्सनबाट लिन सक्नेछन्। दर्शकहरूले कन्सर्टको लागि फ्यानपिट, सिल्भर वा गोल्ड टिकटहरूमध्ये एक छनौट गर्न सक्ने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad