कारोबार


नेपाल स्टक एक्सचेन्जको सीईओमा चूडामणि चापागाईं नियुक्त

नेपाल स्टक एक्सचेन्जको सीईओमा चूडामणि चापागाईं नियुक्त

नेपालखबर
चैत १९, २०८१ मंगलबार १२:३१, काठमाडौँ

सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। 

एक मन्त्रीका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चूडामणि चापागाईंलाई सीईओमा नियुक्त गरेको हो। 

नेप्से सीईओका लागि गत फागुन १२ मा पहिलोपटक आवेदन माग हुँदा १२ जनाले आवेदन दिएका थिए। तीमध्ये यही चैत ३ मा अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले ५ जनाको नाम सिफारिस गरेको थियो। 

उक्त सूचीमा चापागाई पहिलो नम्बरमा थिए। उनीसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सूचीमा थिए। 

अघिल्लोपटकको मन्त्रिपरिषद् बैठकमै नारद लुइँटेल नियुक्त भएको नेपालखबरलाई एक मन्त्रीले नै जानकारी दिएका थिए। तर सो निर्णय मुख्यसचिवले प्रमाणित गरेर अर्थ मन्त्रालयमा नपठाउँदै सरकारले अर्को निर्णय गरेको हो।

चापागाईं पूर्वबैंकर हुन्। उनी सानिमा बैंकको इटहरी शाखाका म्यानेजरको रूपमा २०१४ देखि २०१७ सम्म ३ वर्ष काम गरेका थिए। 

त्यसपछि उनी असिस्टेन्ट जनरल म्यानेजरको रूपमा युनियन लाइफ इन्स्योरेन्समा गएका थिए। युनियनपछि उनले तत्कालीन सानिमा लाइफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको भूमिकासमेत निर्वाह गरेको अनुभव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad