विश्व बैंकले नेपाललाई तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय सेवा उपलब्ध गराउने भएको छ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाललाई दिने १ सय ५० मिलियन अमेरिकी डलर (२० अर्ब ५० करोड रुपैयाँ) बराबरको वित्तीय सहयाता प्याकेज स्वीकृत गरेको हो।
उक्त रकम नेपालको रणनीतिक सडक सञ्जाल निर्माण भएका पुल निर्माण तथा मर्मतसम्भार र स्तरोन्नतिका लागि खर्च गर्ने गरी विश्व बैंकले सहयाता उपलब्ध गराएको जनाएको छ।
नेपालको पुल प्रणालीले दुर्गम र सहरी क्षेत्रको स्वास्थ, शिक्षा, जीवनशैली तथा आर्थिक अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने पुल सबलीकरणमा जोड दिने उल्लेख गरिएको छ।
बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको विज्ञप्तीमा उल्लेख छ।
Shares

प्रतिक्रिया