कारोबार


एनसेल एनएसएल सिजन–३ सुरु

एनसेल एनएसएल सिजन–३ सुरु

नेपालखबर
चैत १६, २०८१ शनिबार २१:५६, काठमाडौँ

नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ शनिबारबाट सुरु भएको छ। पहिलो दिनको ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ।

खेल सुरु हुनु भन्दा पहिला हाल चर्चामा रहेका गायक दुर्गेश थापाले आफ्नो सांगितीक प्रस्तुती राख्दै दशरथ रंगशालामा उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

आजको खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसी दुवैले २–२ गोल गरेका थिए। यो खेलको ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ काठमाडौँ रेजर्स एफसीका भिनसेन्ट कोजिएलो भएका छन्। यो सिजन भरी खेलिने प्रत्येक खेलमा ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ पाउने खेलाडीलाई एनसेलले रु ३०,००० नगद पुरस्कार र रु ५,००० हजारको रिचार्ज भौचर प्रदान पनि गर्दछ।

भोलि आइतबारको खेल साँझ ६ बजे बुटबल लुम्बिनी एफसी र झापा एफसीबीच हुने तालिका रहेको छ।

एनसेल प्रमुख प्रायोजक रहेको यो सिजनमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरू उपाधी जित्नको लागि कडा प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगिता फुटबल प्रेमीहरूका लागि उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ।

हालै मात्र एनसेलले ललितपुर सिटी एफसीसँग सहकार्य गर्दै ‘पावर्ड बाई’ प्रायोजकको रुपमा सम्झौता पनि गरेको थियो। खेलकुद तथा युवा प्रतिभाको विकासमा एनसेल सधैं प्रतिवद्ध रहँदै आएको छ। एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ।

‘हाम्रा सहकार्यहरुले खेलकुद क्षेत्रप्रति एनसेलको गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्दछ। आफ्नो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रही हामी यस सिजनमार्फत नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्न चाहन्छौँ र देशलाई गर्व गराउने अवसरहरुको सिर्जना गर्न चाहन्छौँ। सबैको प्रिय खेल भएकोले यसको विकासका लागि सहकार्य गर्न पाएकोमा धेरै खुसी छौँ। यो सिजनमा अझै उत्साह थप्न र रोमाञ्चक बनाउन हामी केही दिनमा नै ग्राहकका लागि विषेश अफर पनि ल्याउने तयारीमा रहेका छौँ’ एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।

यो सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ। साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ। यो सिजन अवधिभर कुल ३४ खेलहरु खेलिने छन् र वैशाख १३ मा फाइनल खेलसहित यो सिजनको समापन हुनेछ।

एनएसएलसँगको एनसेलको सहकार्य नेपाली खेल प्रतिभाको प्रवद्र्धन मात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानहरूलाई पनि लक्षित छ जसको कारण यस्ता प्रतियोगिताहरू सफल हुने गर्दछन्।

एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहि एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad