कारोबार


ओईसीडी भन्छः कोरोनाका कारण थुप्रै मुलुकमा आर्थिक मन्दी छाउनेछ

ओईसीडी भन्छः कोरोनाका कारण थुप्रै मुलुकमा आर्थिक मन्दी छाउनेछ

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १२:५१,

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) ले कोरोना भाइरस महामारीका कारण अनेकौँ मुलुक आर्थिक मन्दीको चपेटामा पर्ने भविष्यवाणी गरेको छ।

अबको हरेक महिना प्रमुख अर्थतन्त्रहरुमा वार्षिक आर्थिक वृद्धिदर २ प्रतिशतका दरले कम हुँदै जाने सो समूहले जनाएको छ।

बिहीबार भएको जी२० को भर्चुअल बैठकमा ओईसीडीका महासचिव एन्जेल गुरियाले यो तथ्यांक पेस गरेका हुन्।

‘थुप्रै अर्थतन्त्र मन्दीमा जानेछन्। भाइरस रोकथामको हरेक महिना वार्षिक जीडीपी वृद्धिदरमा २ प्रतिशतले कमी आउनेछ। पर्यटन क्षेत्रमा ७० प्रतिशतसम्म गिरावट आउनसक्छ,’ ओईसीडीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्यंभावी छ।

ओईसीडी विकसित ३६ मुलुकहरुको संगठन हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad