कारोबार


चैत १ गते हालसम्मकै उच्च बनेको सुनको मूल्य आज घट्यो

चैत १ गते हालसम्मकै उच्च बनेको सुनको मूल्य आज घट्यो

नेपालखबर
चैत ३, २०८१ आइतबार ११:३२, काठमाडौँ

चैत १ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज (चैत ३ गते) केही घटेको छ। 

गत शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४०० घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

चैत १ गतेभन्दा चाँदीको मूल्य पनि आज सामान्य घटेको छ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला रु २ हजार ४५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔँस २ हजार ९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

चैत २ गते शनिबार परेकाले शुक्रबारपछि एकैचोटि आज आइतबार सुनचाँदीको मूल्य निर्धारण गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad