कारोबार


स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, तपाईंलाई पर्‍यो?

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, तपाईंलाई पर्‍यो?

नेपालखबर
चैत १, २०८१ शुक्रबार १२:३६, काठमाडौँ

स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट भएको छ।

लघुवित्तको धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज एफपीओ बाँडफाँट गरेको हो। 

बाँडफाँटमा १९ हजार ५ सय ७७ जनाले सेयर पाएका छन्।

जसमध्ये १९ हजार ५ सय ७४ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।

उक्त एफपीओमा १७ लाख ८० हजार ४ सय ५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७ सय ५० कित्ताको लागि आवेदन दिएका थिए। जसमा २ हजार ६ सय ६४ जना आवेदकको आवेदन रद्द भएको थियो। 

बाँकी रहेका १७ लाख ७७ हजार ७ सय ९३ जनाबाट १९ हजार ५ सय ७४ जनाले सेयर बाँडिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad