बाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। पछिल्ला ६ महिनादेखि ब्याजदरमा स्थिर देखिएका अधिकांश बाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि ब्याजदर स्थिर नै राखेका छन्।
बैंकहरुले फागुनकै ब्याजदरलाई चैतमा पनि निरन्तरता दिने भएका हुन्।
१८ वटा बाणिज्य बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन्। दुई बैंकहरुले ब्याजदर घटाएका छन्।
ब्याजदर घटाउनेमा नेपाल बैंक र हिमालयन बैंक छन्। नेपाल बैंकले व्यक्तिगत मद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाउँदा हिमालयन बैंकले भने यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशतविन्दुले घटाएको हो।
297
Shares

प्रतिक्रिया