कारोबार


सुदन किराती भन्छन् : म मन्त्री हुँदा एक हातमा घुस र अर्को हातमा विकासको योजना बोकेर आउँथे

सुदन किराती भन्छन् : म मन्त्री हुँदा एक हातमा घुस र अर्को हातमा विकासको योजना बोकेर आउँथे

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १६:५२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री सुदन किरातीले बिचौलियाहरू राज्यलाई प्रभावमा पारेर पशुपति र लुम्बिनी कब्जा गर्न खोजेको दाबी गरेका छन्।

शुक्रबार इटहरीमा किरात राई बान्तावा खिमको तेस्रो सम्मेलन उद्घाटन गर्दै नेता किरातीले यस्तो बताएका हुन्।

‘म मन्त्री हुँदा पनि पशुपति र लुम्बिनीमा विभिन्न विकासको एकहातमा योजना र अर्को हातमा घुस बोकेर आउँथे त्यो गर्नु मैले दिइन’ उनले पाथिभराबारे केबुलकारबारे भने, ‘प्रहरीको पहरा प्रयोग गरेर गरिने लगानीले लगनिकर्तालाई फाईदा हुँदैन बेलैमा बुझ्दा ठिक होला।’

नेता किरातीले मुकुमुलुङमाथि राज्यले आफैँले देशद्रोह गरेको आरोप लगाए।

‘देश ढुङ्गा र माटोको सिमाना मात्र होइन नागरिक र उसको मूल्य मान्यता पनि देश हो। त्यसैले मुकुमुलुङमाथिको दमन देशमाथिको दमन हो’ किरातीले भने, ‘राज्य आफैंले माल खाएर देशद्रोही काम गर्दैछ।’

केवुलकार निर्माण कार्य तत्काल बन्द गर्न पनि उनले माग गरे। देशको विकास र पूर्वाधार नेपाली सापेक्षतामा पुनः इन्जीनियरिङ् गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, 

‘समुदायको सम्पदा र सास्कृतिक मन्यताहरु प्रति मुकुमुलुङमा जस्तै गर्ने हो भने के भोलि पुशुपतिमा र लुम्बिनीमा पनि यसै गर्न सक्छ। के दिने हो? किमार्थ दिन सकिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad