गएको शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज बढेको छ। चाँदी भने आज सस्तिएको छ।
आज सुन तोलामा तीनसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज प्रतितोला एक लाख ७० हजार तीनसय रुपैयाँ कायम भएको छ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलाको १ लाख ७० हजार रुपैयाँ थियो।
चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार नौसय ७० रुपैयाँ कायम भएको छ।
गएको शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ९० मा किनबेच भएको थियो।
1.7k
Shares

प्रतिक्रिया